

नेपाल-प्रचण्ड गुटको भेला सुरू

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको हो। भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन्।
भेलामा संसद विघटन गरिसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ। ओलीले संविधानविपरित संसद भंग गरेको भन्दै प्रचण्ड नेपाल पक्ष राजनीतिक र कानुनी उपचारमा जाने निष्कर्षमा पुगेको छ।

