
त्रिभुवन विमानस्थलबाट जहाज चढ्नै लाग्दा अवैध मुद्रासहित पाकिस्तानी पक्राउ
काठमाडाैँ – प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई प्रहरीले पक्राउ गरेको छ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।
उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, यूएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो।
अभियुक्तलाई आइतबार थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
