रवीन्द्र मिश्रले ट्वीट डिलिट गर्दै किन मागे माफी ?


काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चर्चा कमाउन गरेको एउटा ट्विट डिलिट गर्दै माफी मागेका छन्। ‘बलात्कारीलाई फाँसी दे’ नारा लगाइएको भिडिओ उनले आफ्नो ट्विटरमा राखेका थिए। तर पछि आफ्नो पार्टी मृत्युदण्डको पक्षमा छैन भन्दै उनले उक्त भिडिओ ट्विटरबाट हटाएका हुन्। त्यसका लागि उनले क्षमा पनि मागेका छन्।

‘विवेकशील साझा पार्टी मृत्युदण्डको पक्षमा छैन। केही दिनअघि मेरो ट्विटरबाट ‘फाँसी दे…’ नारालाई अनुमोदन गरेजसरी हुन गएको ट्विटका लागि क्षमाप्रार्थी छु’, अध्यक्ष मिश्रले आइतबार ट्विटरमै लेखेका छन्, ‘पार्टीका सबै तहका साथीहरूलाई यसबारेमा सचेत रहन पनि आग्रह गर्दछु। सो ट्विट मैले डिलिट गरेको पनि जानकारी गराउँदछु।’

यसमा डा. रामेश कोइराला ‘रामेश’ले टिप्पणी गरेका छन्, ‘ठीक गर्नुभो। पपुलिस्ट हुने लोभमा अब कुनै दिन फेरि भैरव अर्यालको नेता नं १०१ वा हम्बुराबीका जस्ता नारा नल्याउनुहोला।’

 

प्रतिक्रिया