अझै केही दिन मौसम सुधार नहुने


काठमाडाैं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसाे भागमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।

महाशाखाका अनुसार भाेलि साेमवार प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भागका ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया