एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित


काठमाडाँ – नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

उनीहरुको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेको छैन।

 

प्रतिक्रिया