बालुवाटारमा सत्तासाझेदार दलको बैठक सुरु


काठमाडौं – स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ ।

पार्टीको काम विशेषले काठमाडौँ बाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन् ।

प्रतिक्रिया