स्थानीय निर्वाचनको मिति घोषणा गर : गाेकर्ण विष्ट


काठमाडाैँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।  सत्तासीन दलहरू संविधान र काननुनको अपव्यख्या गरेर स्थानीय तहको चुनाव सार्ने प्रपञ्चमा लागेको आरोप उनको छ।

‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ’, एमाले सचिव विष्टले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन।’

उनले सत्ता गठबन्धनका दललाई लोकतान्त्रिक अभ्यासबाट नभाग्न भन्दै संविधानबमोजिम अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह पनि गरेका छन्।

प्रतिक्रिया