प्रधानमन्त्री-राष्ट्रपति भेटवार्ता : समयमै निर्वाचन गर्न राष्ट्रपति भण्डारीको सुझाव


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति भण्डारीले संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् ।

निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । तर, सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ । निर्वाचन आयोग र विपक्षी दल नेकपा एमालेले समेत वैशाखमै स्थानीय चुनाव हुनुपर्ने बताइरहेका बेला विहीबार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर संविधान र कानून सम्झाएकी हुन् ।

राष्ट्रियसभाको निर्वाचन सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हाे।

 

प्रतिक्रिया