मौरिससविरुद्धको खेलको टिकट दर तोकियो एक हजार र ५ सय


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न रंगशालामा एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ । दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया