एन्फालाई खेलाडीको ५ बुँदे ध्यानाकर्षण, योगदानको अवमूल्यन भएको गुनासाे


काठमाडौं – खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमिति समक्ष ५ बुँदे ध्यानाकर्षपत्र बुझाएको छ ।

संघका अध्यक्ष बिक्रम लामाको टोलीले एन्फा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै देशको झण्डा अन्तराष्ट्रिय जगतमा फहराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको भन्दै पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमूल्यन भइरहेकोप्रति असन्तुष्टि जनाएको छ ।

खेलाडीहरुलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहत बनाएको पनि संघले जनाएको छ । संघले एन्फाको ध्यानाकर्षण गराउँदै खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय तालिका अनुसार सार्वजनीक गर्न अनुरोध गरेको छ ।

फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुनर्संरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न एन्फा नेतृत्वलाई अनुरोध गरेको छ ।

त्यस्तै खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न, खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउन र रोजगारीका लागि खेलाडीहरु विदेश जाने क्रम बढेकाले त्यसलाई रोक्ने कार्यक्रम अघि भनेको छ ।

प्रतिक्रिया