
जनगणनाको प्रारम्भिक नतिजा तयार, बुधबार नेपालको नयाँ तथ्यांक सार्वजनिक गरिने
काठमाडौँ – राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।
सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।



कागजपत्र |
