
यसपालि आएन ‘लोभीपापी’ गरुड
काठमाडौँ – डोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन । विश्वकै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।
लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो । ५ वर्षदेखि यस क्षेत्रमा जलपंक्षी गणना गर्दै आएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपन्क्षी गणनाका क्रममा लोभीपापी गरुड देखिएन ।
लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पन्छी हो । खनालका अनुसार यो वर्ष कालो गरुढा एउटा मात्र भेटिएको थियो ।



कागजपत्र |
