ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द


ललितपुर – ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिनका अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने भएको छ ।

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भई महानगरका कर्मचारीहरू उपचार एवं होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो।

ओमिक्रोन सङ्क्रमण बढ्दै गएको र यसबाट जनप्रतिनिधि र कर्मचारीहरूसमेत सङ्क्रमित भई उपचार एवं होम आएसोलेशनमा रहेकाले सेवा बन्द गर्नु परेको महानगरले जनाएको छ ।

 

प्रतिक्रिया