संविधानविद् र सत्तारूढ गठबन्धनका नेताहरूबिच छलफल


काठमाडौँ – स्थानीय तहको निर्वाचनबारे पाँच दलीय सत्ता गठबन्धनले कानुनविद्सँग छलफल सुरु गरेको छ। गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले निर्वाचनबारे अन्योलता स्पष्ट पार्न कानुनविद्हरूसँग छलफल गर्ने निर्णय गरेसँग अहिले छलफल जारी छ ।

पाँच दलीय सत्ता गठबन्धनमा तीनै तहको निर्वाचन एकै पटक गर्न पर्ने संवैधानिक र कानुनी अड्चनबारे छलफल थालेको छ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन्।

प्रतिक्रिया