

चुनावको मिति घोषणा र मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

जनकपुरधाम – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
संघका कार्यकर्ताले आज जनकपुरधाममा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा लगाएका छन् ।
जनकपुरधामको विभिन्न भागमा परिक्रमा पश्चात जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी हुन गाउँगाउँबाट एमाले कार्यकर्ता जनकपुरधाम आएका थिए ।
मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग राखेर दुई दिनअगाडी पनि युवा संघले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।

