मधेस प्रदेशले राजपत्रमा सच्यायो नेपालको नक्सा


जनकपुर – मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ ।

प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आइतबार प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुनस् प्रकाशन गरेको हो ।

सङ्घीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले यसलाई तत्कालै सच्याउने बताएका थिए । आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया