बतासप्रति सरकार पूर्वाग्राही र गैरजिम्मेवार बन्योः कैलाली उद्योग वाणिज्य संघ


कैलाली – कैलाली उद्योग वाणिज्य संघले बतास समूहप्रति सरकार पूर्वाग्राही भएको बताएको छ ।

पछिल्लो समय बतास फाउन्डेशनका हरेक कार्यमा सरकारले भाँजो हाल्दै आएको बताउँदै संघले सरकारको कार्यप्रति आफ्नो संघको ध्यानाकर्षण भएको बताएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुरेन्ट सञ्चालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रति व्यावसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर बतासले गरेको बताएको छ । विज्ञप्तिमा सरकारले आह्वान गरेको टेण्डर हालेर नै बतास समूहले नारायणहिटी र गौशाला वा अन्य क्षेत्रको व्यावसायमा हात हालेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कतिपय सञ्चारमाध्यमहरुमा आएको टिप्पणीकै भरमा कारबाही अगाडि बढाउनुलाई सरकार गैर जिम्मेवार र गैर उत्तरदायी भएको समेत बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका टिप्पणीकै भरमा स्पष्टीकरणको मौका समेत नदिई निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैर जिम्मेवारीको पराकाष्ठा हो ।’

विज्ञप्तिः

प्रतिक्रिया