
विभत्स रुपमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला
जनकपुर – मधेश प्रदेशको धनुषामा एक युवतीको शव फेला परेको छ । जनकपुरको धनुषाधाम – ६ स्थित मालटोल नजिकै पूर्व–पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव पदम थापाको आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।
हालसम्म परिचय नखुलेकी ती युवती कालो वर्णकी रहेकी र रातो रंगको स्वीटर र निलो रंगको कुर्ता सुरुवाल लगाएको प्रहरीले जनाएको छ ।
ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



कागजपत्र |
