एकैदिन १ हजार रुपैयाँ बढ्यो सुनको भाउ, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया