भारतमा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो


दिल्ली – भारतमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमणले भयाबह रुप लिँदै छ । भारतमा तीब्र रुपमा फैलिएका कोरोना आज(बिहिबार) एकै दिन तीन लाख १७ हजार जनामा संक्रमण देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

प्रतिक्रिया