देशभर सक्रिय संक्रमितको संख्या झन्डै ५० हजार 

यी जिल्लामा छन् ५०० बढी संक्रमित


काठमाडौं – नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५० हजार नजिक पुगेको छ । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ ।

यसमध्ये काठमाडौंमा २२ हजार ३०, ललितपुरमा ५ हजार २२६ र भक्तपुरमा २ हजार ९५२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ जिज्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित छन् । नेपालमा हालसम्म ११ हजार ६२८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ८ लाख १८ हजार १६० संक्रमित निको भइसकेका छन् । ८ लाख ७७ हजार ७१७ कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया