कोरोना खोप बेच्ने र किन्ने दुवैलाई कारबाही


काठमाडौँ – कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क दिइरहेको छ। यो खोप लगाउने अभियान देशभरका विभिन्न खोप केन्द्रमा जारी छ।

तसर्थ यो खोप कहीँ कसैले बेचेको वा किनेको पाइए दुवैलाई कारबाही हुने चेतावनी सरकारले दिएको छ।

कसैले बेचेको वा किनेको देखे नजिकको प्रशासन, प्रहरी, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले अनुरोध गरेको छ।

प्रतिक्रिया