जन्तीको समूहलाई भ्यानले ठक्कर दिँदा १ को मुत्यु, १७ जना घाइते


काठमाडौँ – नवलपरासी पूवको हुप्सेमा जन्तीको समूहलाई भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। घटनामा अन्य १७ जना घाइते भएका छन्।

हुप्सेकोट ४ शंखदेवमा ना ५ च २६९५ नम्बरको भ्यानले जन्तीको समूहलाई ठक्कर दिँदा ५० वर्षीया छुमाया मश्राङ्गी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

विवाहघरनजिकै बाटोमा बसिरहेको टोलीलाई अनियन्त्रित भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो। भ्यानको ठक्करबाट गम्भीर घाइते हुप्सेकोट ४ निवासी मगरलाई उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया