विद्यार्थीलाई खोप दिन माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाइने
काठमाडौँ – कोरोना जोखिम बढेपछि बन्द गरिएका विद्यालयहरू विद्यार्थीलाई यसैविरुद्ध खोप लगाउन केही दिन खोलिने भएको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले विद्यालयमा कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गर्न यही माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो।
मंगलबार गृहमन्त्रालयमा बसेको सीसीएमसीसीको बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो।