जिल्ला प्रशासन काठमाडौँमा पनि पस्यो कोरोना, यी फाँटहरू बन्द


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न फाँटहरुको सेवा नै बन्द गरिएको छ । कार्यालयको नागरिकता फाँट, नागरिकता प्रतिलिपी फाँट, नाबालक परिचय पत्र बनाउने फाँट, राहदानी बनाउने फाँटका कर्मचारीलाई कोरोना पुष्टि भएकाले माघ ५ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द भएको हो ।

प्रतिक्रिया