६ माघदेखि मनकामना मन्दिर प्रवेश निषेध


काठमाडौँ – मनकामना क्षेत्र विकास समितिले मनकामना मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते बिहीबारदेखि माघ मसान्तसम्म मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

यस अवधिमा नित्यपूजा वाहेक अन्य पूजा र मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि निषेध गरिएको छ।

प्रतिक्रिया