उखु किसानको पैसा बैंकमा जम्मा नगरे उद्योगीलाई हिरासत राखिने, प्रहरीले सर्कुलर गरिसक्यो


काठमाडौं– आफ्नो रकम माग गर्दै काठमाडौं माइतिघरमा आन्दोलनमा रहेका उखु किसानको रकम भाली शनिबारसम्म जम्मा नगरे उद्योगीलाई पक्राउ गरी थुन्ने उद्योगमन्त्री लेखराज भट्टले बताएका छन्।

शुक्रबार किसान आन्दोलनलाई सम्बोधन गर्ने क्रममा उनले भने,‘भोली शनिबार भए पनि वाणिज्य बैंकका शाखा खोल्न भनिएको छ, रकम जम्मा नभए पर्सीदेखि उद्योगीलाई पक्राउ गरिन्छ।’

किसान आन्दोलनलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए। उनले कांग्रेस किसानकै संरक्षणको पार्टी रहेको भन्दै समस्या समाधानका निम्ति सरकारसँग माग गरेका थिए।

यसैबीच, नेपाल प्रहरीले किसानलाई रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्नका निम्ति माथाहतका सबै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको छ। बिहीबार सर्कुलर जारी गर्दै ठगी गर्ने त्यस्ता उद्योगीलाई पक्राउ गरी कानुनसम्मत कारबाहीको प्रक्रिया थाल्न प्रहरी प्रधान कार्यालयको सर्कुलर जारी भएको हो।

प्रतिक्रिया