अपराधिलाई चुम्बन गर्ने न्यायाधीशमाथि छानबिन गरिँदै


काठमाडौँ – एक प्रहरी अधिकृतको हत्या गर्ने व्यक्तिलाई चुम्वन गरिरहेको भिडियो सार्वजनिक भएपछि अर्जेन्टिनाका एक महिला न्यायाधीशविरुद्ध अनुसन्धान शुरु भएको छ ।

डेली मेलका अनुसार न्यायाधीश म्यारियल सुआरेजले २९ डिसेम्वरमा कारगारमै क्रिस्टियन ‘माइ’ बुस्टोस नामक ति अपराधीलाई चुम्वन गरिरहेको दृश्यको भिडियो कसैले खिचेका थिए । यस घटनाको एक साता अघिमात्र सुआरेजले चुवुत प्रान्तमा बुस्टोसलाई सुनाइएको आजिवन कारावास सजायविरुद्ध मतदान गरेकी थिइन् ।

सन् २००९ मा लियान्द्रो रोवर्टस नामक प्रहरी अधिकारीको हत्या गरेका उनलाई आजीवन कारावास दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने न्यायाधीशहरुको टोलीमा सुआरेज पनि सम्मिलित थिइन् ।

प्रहरीलाई आफुले गोली हानि मारेको अदालतसमक्ष स्वीकार गरिसकेका उनलाई सजाय घटाइनु पर्दछ भनी मतदान गर्ने सुआरेज एक मात्र न्यायाधीश थिइन् ।
एजेन्सी

प्रतिक्रिया