सरकारले भन्यो : ६० वर्षमाथिका बृद्धबृद्धा घर बाहिर नजानू


काठमाडौँ – सरकारले कोरोना संक्रमणको जोखिम विचार गरेर ६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान अनुरोध गरेको छ। कोरोना महामारीको तेस्रो लहर नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशमा ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन आग्रह गरेका हो।

आदेशमा भनिएको छ, ‘६० वर्षमाथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र जानुपर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्यसम्म पुग्न र फर्किन सहजीकरण गर्ने।’

प्रतिक्रिया