संविधानविद् आचार्य भन्छन्– फौजदारी अभियोग अवहेलना ठहर भए सार्वजनिक पद जान्छ


काठमाडौं– फौजदारी अभियोगमा अदालतको अबहेलना गरेको  सभामुख अग्नी सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासले आज (शुक्रबार) सुनुवाई गर्दैछ।

सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दिपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन्।

फौजदारी अभियोगमा अबहेलनामा इजलासले ठहर गरे के हुन्छ? भन्ने अनलाइनन्युज सेभेनको प्रश्नमा संविधानविद् डा. भिमार्जुन आचार्य भन्छन्,‘अबहेलनाको मुद्दा दुईथरी हुन्छ। एउटा देवानी जसमा दोषी ठहर भए साधारण जरिवाना तिराइन्छ। तर फौजदारीमा अबहेलनाको ठहर भए जागिर जान्छ। कुनै सार्वजनिक पदमा बस्न पाइँदैन।’

उनले यसमा अदालते कस्तो फैसला वा आदेश गर्छ भन्नेमा नै भर पर्ने बताए।

उनले सभामुख सापकोटाविरुद्धको कस्तो मुद्दा हो भन्ने आफूले अध्ययन गरिनसकेको बताए। अदालतका अनुसार सापकोटाविरुद्धको पेशी फौजदारी अभियोगमा अवहेलना गरेकै शीर्षकमा छ।

पटक–पटक यो मुद्दा सर्दै आएको थियो। अन्तिम पटक ३० फागुन ०७६ मा हेर्दाहेर्दैमा रहेको मुद्दा शुक्रबारका लागि संवैधानिक इजलासमा १ नम्बर पेशीमा चढाइएको छ।

यसलाई कतिपयले संवैधानिक परिषदको बैठकमा सापकोटाले राजनीतिक दबाबमा अनुपस्थित भई असहयोग गरेको कारणका रुपमा व्याख्या गरेका छन् भने कतिपयले मुद्दाको निरन्तरताका आधारमा आएको बताएका छन्।

संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन थान मुद्दा छन्।काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। सापकोटा सञ्चारमन्त्री रहेका बेला ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै ६ असार २०६८ मो कनकमणि दीक्षित सहितले अवहेलना मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया