धादिङ पहिरोमा परेका १को शव भेटियो, २ को अवस्था अज्ञात, खोजी कार्य जारी


धादिङ — धादिङको रुबी भ्याली गाउँपालिका—१ मा चार दिन अघि अर्थात् गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको भने बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक राजु तामाङको शव फेला परेको हो । पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।

पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको पनि भण्डारीले बताए । बेपत्ता दुई जनाको खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सक्रिय छन् ।

प्रतिक्रिया