दरबारमा रेस्टुरेन्ट प्रकरण : बतास ग्रुपको पक्षमा उद्योग संगठन


काठमाडौं – नेपाल उद्योग वाणिज्य संघले बतास समूहमाथि एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो।
संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमासहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो। सरकारी निकायले अनुमति दिएकोमा स्वाभाविक रुपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु गैर कानुनी र आपराधिक गतिविधि नभएको महासंघ ध्यानाकर्षण गराउन चाहन्छ।’

प्रतिक्रिया