

पुलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली – धनगढी उपमहानगरपालिका १६स्थित पथरी पुलमा मोटरसाइकल ठोक्किँदा त्यसमा सवार एकजनाको मृत्यु भएको छ । शनिबार राति सोही ठाउँ बस्ने वर्ष ३८ को राजेश रानाले चलाएको सु.प.प्र.०१ ००९प ५९७९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिदा मोटरसाइकल पछाडि सवार वडा नम्बर १७ बस्ने वर्ष ४० कि ऐतवारी राना सोही पुलबाट खस्न गई पानीमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

