

महिला बालबालिका मन्त्री रेग्मीलाई कोरोना पुष्टी

काठमाडौं — महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री रेग्मीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् । “कोरोनाले दुःख दियो पोजेटिभ देखियो,” उनले फेसबुकमार्फत भनेकी छन् ।
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ ।

