मोबाइल खेल्न दिने प्रलोभन देखाएर ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका युवालाई जन्मकैद


रसुवा – जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

२०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए । प्राप्त प्रमाणहरुको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी फकाएर आफनो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेष्ठेदार मुना अधिकारी ढकालले बताइन् ।

फैसलापछि पीडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताइन् ।

प्रतिक्रिया