२० वर्षपछि समातिए युवतीको हत्या गर्ने युवक


काठमाडौं – प्रहरीले २० वर्षपपछि युवतीको हत्या आरोपमा एक युवकलाई पक्राउ गर्न सफल भएको छ। इलामको सुर्योदय नगरपालिका–३ साबिक पुशपतिनगराका ४१ वर्षीय गोरे भनिने मनकुमार राई पक्राउ परेका हुन्।

राईले ६ मा २०५८ साल साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए। फरार राईलाई इलामबाटै पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भएको हो।

घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरिसकेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया