काठमाडौँ र ललितपुरका किशोर-किशोरीलाई आजदेखि फाइजर खोप


काठमाडौं  – काठमाडौं र ललितपुरका किशोर–किशोरीलाई आजदेखि फाइजर खोप लगाइँदै छ।दुई जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका किशोर(किशोरीलाई मंगलबारदेखि कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भक्तपुरका किशोर(किशोरीलाई आइतबारदेखि नै फाइजर खोप दिन थालिएको थियो।शिक्षा मन्त्रालयले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरे पनि खोप केन्द्रहरु भने विद्यालयमै निर्धारण गरिएको छ। पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका हुन्। आफ्नै विद्यालयमा गएर खोप लगाउन पनि सरकारले आग्रह गरेको छ।

काठमाडौँका करिब दुई लाख ७० हजार किशोर(किशोरीलाई फाइजर खोप लगाउने सरकारको लक्ष्य छ। सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लगाउन पनि आग्रह गरेको छ।

यसअघि सरकारले देशका ५७ जिल्लाका किशोर(किशोरीलाई मोडर्नाको पहिलो खोप दिइसकेको छ। काठमाडौं उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाडौं र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो।

प्रतिक्रिया