श्री ग्यासको १५ प्रतिशत सेयर छोराको नाममा स्थानान्तरण गर्दै श्रम मन्त्री


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले श्री ग्याँस वानको सेयर जेठो छोरा अङ्कुश श्रेष्ठको नाममा स्थानान्तरण गरिदिने भएका छन् । आफ्नो नाममा रहेको उद्योगको १५ प्रतिशत सेयर श्रेष्ठले छोराको नाममा स्थानान्तरण गर्ने भएका हुन् ।

श्रेष्ठले मन्त्रालय हेर्न पर्ने भएकाले नभ्याएको भन्दै छोराको नाममा सेयर ट्रान्सफर गर्ने तयारी गरेको बताइएको छ । छोरा अङ्कुशको नाममा सेयर स्थानान्तरण गर्ने फाइल यतिबेला उद्योग विभागमा पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले उद्योगको सेयर स्थानान्तरण गर्ने फाइल विभाग पठाइदिएको हो ।

उद्योगमा ८५ प्रतिशत सेयर जापानी लगानीकर्ताको छ । उद्योगको बहुमत सेयर विदेशी लगानीकर्ताको नाममा रहेकाले कम्पनी रजिस्ट्रारको कार्यालयले सेयर स्थानान्तरण सम्बन्धी फाइल विभाग पठाइदिएको स्रोतले जानकारी दियो । सेयर स्थानान्तरणको फाइल पुगेपछि विभागले आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

छोराको नाममा सेयर स्थानान्तरण गर्न जापानी लगानीकर्ताको स्वीकृति आइसकेको छ । सोही स्वीकृति बोकेर मन्त्री श्रेष्ठका निजी सचिव सेयर स्थानान्तरणको फाइल बोकेर विभाग पुगेका हुन् । सेयर स्थानान्तरण गर्नका लागि उद्योगको सेयर मूल्य ‘सेयर पर भ्यालू’ निकाल्नुपर्ने र सोहीअनुसार प्रक्रिया अगाडी बढ्ने विभागले जानकारी दिएको छ । प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँभन्दा बढी भएमा स्थानान्तरण गर्दा कर लाग्ने र सोभन्दा तल भए नलाग्ने विभागको भनाई छ ।

प्रतिक्रिया