
छड्के अनुगमनका लागि पुगेको राजश्वका टोलीलाई व्यापारीले बाटो छेकेपछि . . .
काठमाडौँ – राजस्व छलेर ल्याइएको सामान नियन्त्रणमा लिन बाराको जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीको टोलीलाई व्यापारीले अवरोध गरेका छन्।
आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीको नेतृत्वमा कर्मचारी टोली जितपुर पुगेको थियो। सामान नियन्त्रणमा लिन खोज्दा व्यापारीले अवरोध गरेपछि टोली त्यसै फर्किएको छ।
स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धानै नगरी फर्किन बाध्य भएको राजस्व कार्यालयका सूचना अधिकारी गौरव पन्थीले जानकारी दिए।
‘गोप्य सूचनाका आधारमा राजस्व छली ल्याएको सामग्री लिन हाम्रो टोली जितपुर पुगेको थियो,’ पन्थीले भने, ‘टोली पुगेपछि स्थानीय व्यापारीले हुलहुज्जतसहित अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएका छन्।’



कागजपत्र |
