

नुवाकोटको विदुर नगरपालिकामा पुस २७ गते सार्वजनिक बिदा

काठमाडौँ – नुवाकोट जिल्लाको विदुर नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा पुस २७ सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आइतबार एक विज्ञप्ति जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।
नगरपालिकाको गत पुस ९ गते बसेको नगरसभाको बैठकको निर्णयअनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको मरासिनीले बताएका छन् । विज्ञप्तिमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु (वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय)लाई सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

