गैंडाकोटमा विद्युत् आपूर्ति ठप्प


पूर्वी नवलपरासी – गत २४ घण्टादेखि गैंडाकोटमा विद्युत् आपूर्ति ठप्प भएको छ । दल्दले गैंडाकोट खण्डमा देखिएको प्राविधिक समस्याका कारण विद्युत् सप्लाई बन्द भएको प्राधिकरण शाखा कावासोतीले जानकारी दिएको छ ।

विद्युत् आपूर्ति नहुँदा जनजीवन कष्टकर बनेको छ । सो क्षेत्रमा विद्युत् आपूर्ति नभएकाले नेपाल टेलिकमको सिममा फोन नलाग्ने समस्या देखिएको दूरसञ्चार कार्यालयले जनाएको छ ।

शनिबार राति १ बजेबाट बन्द भएको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन । दल्दलेदेखि पूर्वतर्फ केही समस्या देखिएको र बनाउने काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया