नोबेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप


मोरङ – एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ ।

झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् । भगतको टाउकोमा चोट लागेको छ ।

विद्यार्थीहरूले कलेजमा अनशन बस्‍न आएपछि सुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले गरिखान देऊ भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीको हुल देखेपछि व्यवसायीहरू पछि हटेका थिए ।

विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कलेजका कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध आन्दोलनमा उत्रेका थिए ।

कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ ।

प्रतिक्रिया