राष्ट्रियसभा बैठक दुई दिन पछि सर्‍यो


काठमाडौं – राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई दिन पछि पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् ।

यसअघि पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पुस २८ गतेका लागि सारिएको थियो ।

प्रतिक्रिया