

पाँचथरमा आगलागी, ३ घर र ६ वटा पसल जले

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा ३ घर र ६ वटा पसल जलेर नष्ट भएको छ।
बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगोले स्थानीय रामजित राई र मनबहादुर राईकोसमेत ३ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
आगलागीबाट आईएमईको शाखा काउन्टरसहित ६ वटा पसलसमेत जलेका छन्। जलेका घरकै भूँइतलामा पसलहरु सञ्चालनमा थिए।
स्थानीयबासी र फिदिमबाट गएको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ। आगलागीबाट लाखौँको क्षति भएको अनुमान प्रहरीले गरेको छ। तर, त्यसको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।

