दुई सर्तको वचनपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत


काठमाडौं– संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्। त्यसका लागि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुईवटा सर्त अघि सारेका थिए।

संवैधानिक परिषदको बैठकमा बोलाउँदा सभामुख अग्नी सापकोटा अनिवार्य उपस्थित हुनुपर्ने र संसद अधिवेशन मागका लागि पठाइएका हस्ताक्षर फिर्ता हुनुपर्ने छ।

प्रचण्ड ती दुवै सर्तमा सहमत भएपछि बालुवाटारमा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली सहभागी छन्। अध्यादेश फिर्ताको एजेन्डा स्थायी समितिमार्फत नै कमिटीगत प्रणालीले औपचारिकता दिनुपर्ने विषयमा सहमति भएको थियो।

प्रतिक्रिया