बालुवाटारमा ओली–प्रचण्ड वार्ता जारी, स्थायी समिति बैठक के होला?
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा विवाद थप उत्कर्षमा रहेका बेला यो भेटवार्ता स्थायी समिति बैठकको एजेन्डालाई लिएर भएको बताइन्छ।
दुवै अध्यक्षको वार्ता चलिरहेका कारण १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक सर्छ वा स्थगित हुन्छ भन्ने चासो बढेको छ। स्थायी समिति बैठकमा प्रचण्डलगायतले अध्यादेश फिर्ताको एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका छन्।