‘आयल निगमले २०५८ सालदेखि बोनस बाँडेको छैन’


काठमाडौं – नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगमले २०५८ सालबाट बोनस नबाढेको बताएका छन् । पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रमा निगमका प्रवन्ध निर्देशक पौडेलले तीन अर्बको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेको बताउँदै ०५८ साल भन्दा यता बोनस नबाँडिएको बताएका हुन्।

उनले आयल निगमले मूल्य वृद्धि गर्नु रहर नभई बाध्यता भएको बताए । नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने बताउँदै उनले नेपालमा युरो मापदण्डको पेट्रोलसमेत आयात गरिएको बताए । नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमी नआएको बताउदै पौडेलले नेपाल आयल निगमको ल्याब नै भरपर्दो भएले शुद्धतामा शंका नगर्न आग्रह गरे ।

प्रतिक्रिया