
हिउँपहिरोमा पुरिएर एक जना बेपत्ता, अलपत्र ३ को उद्धारका लागि हेलिकप्टर जाँदै
काठमाडौँ – हिमपहिरोमा पुरिएर म्याग्दीमा एक जना बेपत्ता भएका छन् । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार धौलागिरि गाउँपालिकास्थित गुर्जामा गएको हिमपहिरोमा परेर एक जना बेपत्ता भएको जानकारी दिए ।
‘गुर्जामा हिमपहिरो जाँदा एक जना बेपत्ता भएको खबर आएको छ । अरु तीन जना भने बाटो नभेट्दा अलपत्र परेका छन्,’ उनले भने, ‘उनीहरुलाई उद्धारको लागि हामीले गृहमन्त्रालयमा जानकारी गराएका थियौँ । हेलिकप्टर गुर्जा उड्ने तयारीमा छ भनेर जानकारी आएको छ ।’
५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको बताइएको छ ।
स्थानीयका अनुसार गुर्जा गाउँभन्दा माथिल्लो भेगमा गोठमा बस्दै आएका बुद्धि छन्त्याल, जगदेवी छन्त्याल, र लालबहादुर विक अलपत्र परेका हुन् ।



कागजपत्र |
