कामचाेर ठेकेदार सम्पर्कविहीन हुँदा ५ करोडको सभाहलको काम अलपत्र


कामठाडाैँ । ठेकेदार सम्पर्कमा नआउँदा बागमती प्रदेशको राजधानी हेटौंडामा निमार्णाधिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकोे सुविधासम्पन्न सभाहलको काम रोकिएको छ । ५ करोड २६ लाख रुपैयाँको लागतमा निर्मार्णाधिन सभाहलको १४ महिनामा २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । ३ पटकसम्म ठेकेदार कम्पनि संरक्षण सेभ जेभिलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि ठेकदार सम्पर्कमा नआएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ ।

आउँदो बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माणकम्पनि संरक्षण सेभ जेभिले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएपश्चात १४ महिनामा निर्माणकम्पनिले पिन्थ लेबसम्मको काम गरेको छ । सभाहलको काम नहुँदा अहिले निर्माण कार्य अलपत्र परेको छ । गत वर्षको चैत्र महिना देखि भवन कार्यालय मकवानपुरले सभाहल निर्माणको काम अघि नबढेको देखेसँगै निर्माण कम्पनिलाई कार्यालयले पटकपटक पत्र काट्दै आएको छ ।

शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख राजेश पौडेलले पटकपटक ठेकेदारलाई सम्पर्क गरेर काम सुरु गर्न सचेत गराएको बताए । ‘सभाहल निर्माण स्थलमा निर्माण कम्पनिको कामदार, प्रतिनिधि भेटिदैन, गत वर्षको चैत्र महिना, चालू वर्षको असोज ४ गते र मंसीर २१ गते गरी तीन पटक पत्र नै काटेका छौं ।’, काम गछौं भनेर आश्वासन आउँछ काम भने सुरु हुँदैन’ उनले भने ।

चितवनका ठेकेदार भिष्म अधिकारीले कोभिडको जोखिम नभएको समयमा पनि काम नगरेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो दिएको छ । मन्त्रीसँग मिटिङ राखिएपनि सम्बन्धीत निर्माणकम्पनि छलफलको लागि नआएको कार्यालय प्रमुख पौडेलले बताए । निर्माणको जिम्मा पाएको कम्पनिले निर्मार्णकार्यमा ढिलाई गर्दा समयमै सभाहल निर्माण कार्य सम्पन्न नहुने देखिएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सकारेपनि १४ महिनासम्म काम अघि बढ्न सकेको छैन ।

हेटौंडा उपमहानगरको खाली जमिनमा ४ सय जनासम्म अट्ने सुविधासम्पन्न सभाहल निर्माण गर्न एक वर्षअघि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । अहिले सभाहलमा निर्माण स्थलमा घाँस उम्रेर घाँसे मैदान भएको छ ।

प्राविधिक, बजेट, जनप्रतिनिधि सबैको सहयोग भएपनि ठेकेदार कम्पनिले काम अघि नबढाएको भवन कार्यालय मकवानपुरले जनाएको छ । सभाहलको प्राविधिक क्षेत्र हेर्दै आएका इन्जिनियर मो.फिरोज अलिले ठेकेदारले निर्माण कार्य अघि नबढाएपछि पटकपटक संशोधित कार्यतालिका पेश गर्न आग्रह गर्दा पनि बेवास्ता गरेको बताए । भवन कार्यालय मकवापनुरले सम्झौताको समय सकिन ४ महिना बाँकी हुँदा पनि ठेकेदार कम्पनिलाई तत्काल काम सुरु गर्न ताकेता गर्दै आएको छ ।

 प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहले सभाहलको रोकिएको कामबारे जानकारी लिने बताएका छन् ।

प्रतिक्रिया