ग्लोबल आइएमई बैंक काँडाघारी शाखाद्वारा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न


काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका-९ ग्लोबल आइएमई बैँक लिमिटेड काँडाघारी शाखाले बित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल आइएमई बैँक लिमिटेड काडाघारी शाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम आज सोमबार शुभश्री व्याङ्क्वेट काँडाघारीमा सम्पन्न भएको हो ।

एक दिने साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रममा ग्लोबल आइएमई बैंकका केन्द्रीय कार्यालयबाट निरज शर्मा र बिजय सापकोटा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा सहभागी भएकाहरुबाट सोधिएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ समेत दिएका हुन् ।

प्रशिक्षणमा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड , क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कोर्पेरेट पे लगायतका डिजिटल बैँकिङ्ग प्रणालीले सेवाग्राहीहरुलाई सहज हुने कुराका बिषयमा जानकारी गराईएको थियो ।

पछिल्लो समय प्रविधिले फड्को मारेसंगै ग्लोबल आइएमई बैंक लिमिटेड काँडाघारी शाखाले पनि ग्राहक सेवालाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा अग्रसरता देखाएको छ । यस्ता प्रविधिले बैंकका कर्मचारीलाई मात्र नभई सेवाग्राही पनि सुविधाबाट लाभान्वित हुने प्रशिक्षक शर्माले बताए । अझै विशेष गरी कोभिडको समयमा यस्ता प्रविधिले सेवाग्राहीमा बढि सहयोग पुगेको पनि उनले बताए ।

ग्लोबल आइएमई बैङ्कमा आवद्ध ग्राहक तथा आमसर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा बित्तीय साक्षरता प्रदान गरिएको काँडाघारी शाखा प्रमुख सुर्य सेढाईले बताए । कार्यक्रममा १५० जनाको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया